काठमाडौं । सरकारले नुनको मूल्यमा भारी वृद्धि गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले किलोमा छ रुपैयाँले नुनको मूल्य बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो ।
यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुग्ने भएको छ । आयो नुनको थोक बिक्री मूल्य २३ रुपैयाँ कायम गरिएको छ । यसैगरी न्यु शक्ति नुनको मूल्य प्रतिकिलो थोकमा १७ रुपैयाँ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो नौ रुपैयाँ पुगेको छ । मूल्य बढे पनि कम्पनीलाई भने अझै पनि घाटा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने भएको छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८ दशमलव ५० रुपैयाँमा बेचिरहेको थियो । अझै कम्पनीलाई प्रतिकिलो पाँच रुपैयाँ घाटा हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव
- सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को
- डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
- ‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
- मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
- २१ सय ३६ बिन्दुमा खुम्चियो सेयर बजार
- सात महिनाको शिशुको घरभित्र पसेको बाढीमा डुबेर मृत्यु
- गिरीजाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया