कर वृद्धिको विरोधको प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते
नैरोबी । कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ ।
केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर)ले सोमबार मृतकको संख्या घोषणा गरेको हो । केएनसीएचआर रेकर्डले ‘देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा’ ३९ जनाको मृत्यु र तीन सय ६१ जना घाइते भएको सङ्केत गरेको छ । यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तिले जनाएको छ ।
अधिकांश युवा प्रदर्शनकारीको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी ¥याली गतहप्ता संसद्ले विवादास्पद कानुन पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।
राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मत्युबारे अनुसन्धान गर्ने बाचा गरे ।
‘केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्सजस्ता सुरक्षित स्थानमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ’, आयोगले जनाएको छ ।
‘प्रदर्शनकारीविरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने हाम्रो धारणा छ’, आयोगले बताएको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव
- सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को
- डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
- ‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
- मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
- २१ सय ३६ बिन्दुमा खुम्चियो सेयर बजार
- सात महिनाको शिशुको घरभित्र पसेको बाढीमा डुबेर मृत्यु
- गिरीजाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया