अमेरिकामा ब्याजदर अझै नघट्ने सङ्केत
पोर्चुगल । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर घटाउन मूल्यवृद्धि कम भएको थप प्रमाणहरु चाहिने बताएका छन् ।
युरोपेली केन्द्रीय बैंकद्वारा प्रायोजित पोर्चुगल मौद्रिक नीति सम्मेलनमा सहभागी हुनपुगेका पावेलले ब्याजदर घटाउन मुद्रास्फीति थप घटेको प्रमाण चाहिने बताएका हुन् । उनको यो भनाइसँगै अमेरिकामा अझै केही समय ब्याजदर घट्ने सम्भावना कम देखिन्छ ।
मे महिनाको तथ्याङ्कले फेडको मुद्रास्फीतिको रुचाइएको मापन त्यो महिना नबढेको देखिन्छ । जब कि १२ महिनाको मूल्य वृद्धिदर दुई दशमलव छ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकले लिएको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेकाले थप डाटा नआएसम्म ब्याजदर घटाउने सम्भावना नरहेको पावेलले बताएका हुन् ।
पावेलले भने ‘हामी थप विस्वस्त हुन चाहन्छौँ, किनभने अमेरिकी अर्थव्यवस्था बलियो छ, हामीसँग थप समय लिनसक्ने क्षमता छ ।’ पावेलले अर्थतन्त्रमा फेडले देखेको शक्तिलाई ध्यानमा राख्दै उब्जिएका प्रश्नहरु ध्यानपूर्वक सुनिरहेको बताएका छन् ।
फेडले गत जुलाईदेखि पाँच दशमलव २५ प्रतिशत–पाँच दशमलव पाँच प्रतिशतको दायरामा आफ्नो बेन्चमार्क नीति ब्याजदर स्थिर राखेको छ । तर मुद्रास्फीति केन्द्रीय बैंकले लिएको दुई प्रतिशत लक्ष्यमा फर्किने क्रममा देखिएको छ । यही भएर केन्द्रीय बैंकका अधिकारीहरुले मौद्रिक नीतिलाई कहिले सहज बनाउने भनेर बहस भने गरिरहेको पावेलले जानकारी गराए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- (रास्वपा)का मन्त्रीहरुको राजिनामा खल्तीमै हरायो !
- मेघालयमा ‘नेपाली कामदारको हत्या’, कोइलाखानीमा ‘बुझेर’ मात्र काम गर्न जान आग्रह
- कोरोना भाइरसविरुद्धका१६ लाख ६८ हजार मात्रा खोप आयो
- समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव
- सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को
- डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
- ‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
- मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया