रिलायन्स स्पिनिङको आईपीओमा बदनियत देखिएको भन्दै निष्काशन
रोकेर कारबाही गर्न उजुरी
आगामी सातादेखि सर्वसाधारणलाई जारी गर्नलागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको महँगो प्राथमिक सेयर (आईपीओ)मा बदनियतपूर्ण देखिएको भन्दै स्थगन गर्न उजुरी परेको छ ।लगानीकर्ताहरूको विभिन्न चारवटा संगठनका अध्यक्षहरूले आईपीओ जारी गर्न कम्पनीले पेस गरेका तथ्याङ्कहरू गलत र यथार्थपरक नरहेको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी गरेका हुन् ।नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्षहरूले धितोपत्र बोर्डमा दर्ता गराएको निवेदनमा कम्पनीले पेस गरेका तथ्याङ्कहरूको जाँच, विश्लेषण नगरी बोर्डले अनुमति दिँदा धितोपत्र ऐन २०६३ को उद्देश्यविपरीत भएकाले प्रक्रिया स्थागित गरेर विज्ञहरूबाट छानबिन गराउनुपर्ने, अनुसन्धानमा दोषी देखिएकालाई कारबाहीपछि आवश्यक सुधार गरेर मात्रै आईपीओ निष्काशन प्रक्रियालाई अगाडि बढाउन माग गरिएको छ ।रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन प्रक्रियामा कम्पनीको मात्रै नभई बोर्डका अधिकारीहरूको भूमिकामा समेत आशंका उत्पन्न भएको छ । बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्ने अनुमति दिँदा धितोपत्र ऐनको प्रस्तावना र दफा ३ को उपदफा (१) लाई ख्याल नगरिएको उल्लेख छ ।
जसले गर्दा रिलायन्स स्पिनिङ मिल्सले पेस गरेका असम्भव प्रायः पूर्वानुमानलाई बोर्डले मान्यता दिएको जनाइएको छ । आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमास सकिनै लागेको अवस्थामा पनि पहिलो त्रैमासकै तथ्याङ्कलाई आधार मानेर शून्य दशमलव ९६ पैसा प्रतिसेयर आम्दानीबाट ३२ रुपैयाँ ९० पैसा अर्थात् ३४२७ प्रतिशतले आम्दानी बढ्ने भनेर गरिएको प्रक्षेपण भ्रामक र कपोकल्पित रहेको दाबी गरिएको छ ।साथै धितोपत्र बोर्डले उक्त तथ्याङ्क जाँच नगरेकाले छानबिनको आवश्यकतासमेत औँल्याइएको छ । त्यस्तै विगतमा प्रिमियम र बुक बिल्डिङ विधिबाट सेयर निष्काशन गरिएका कम्पनीहरूको आर्थिक विवरणबाट पनि उक्त विधि लागू गर्नुपर्ने तथ्य स्थापित गर्न सकिँदैन । तसर्थ, कानुनी छिद्रको दुरुपयोग गरिएकाले सुधार गरेर मात्रै उक्त कम्पनीको आईपीओ जारी गर्नुपर्ने निवेदकहरूको भनाइ छ ।रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत् प्राधिकरणमा विद्युत् महसुलको बक्यौतासम्बन्धी मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन छ । ७३ करोड ४७ लाख रुपैयाँभन्दा बढी रकमबराबरको महसुल रकम बाँकी रहेको मुद्दा छ ।विवादित रकमलाई सम्भावित दायित्वका रूपमा स्वीकार गर्ने तर दायित्वका लागि प्रोभिजनिङ नगर्दा मुद्दा हारेको खण्डमा उक्त रकम लगानीकर्ताबाट उठाएको रकमबाट तिर्नुपर्ने हुन्छ । जुन लगानीकर्ताको रकम अपचलन गरेको ठहरिनेतर्फ पनि बोर्डले आँखा चिम्लिएको छ ।
त्यस्तै कम्पनीको स्वामित्वमा रहेको जग्गा र भवन तीन अर्ब २४ करोड ९२ लाख रुपैयाँभन्दा बढीको पुनर्मूल्याङ्कन गरी कम्पनीको नेटवर्थ करिब एक सय ९० रुपैयाँले बढाएर कम्पनीको कटअफ प्राइस बढाइएको छ ।जुन सर्वसाधारण लगानीकर्ताबाट बढी रकम असुल्न खोजेको स्पष्ट छ । पुनर्मूल्याङ्कनबाट आएको रिजर्भले कुनै नगद प्रवाह नगर्ने, व्यावसायिक प्रयोगमा पनि ल्याउन नसकिने भएकाले लगानीकर्ताबाट बढी रकम असुल्न चलखेल भएको दाबी छ ।उल्लिखित तथ्यबाट चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको इस्टिमेट गर्ने चार्टर्ड एकाउन्टेन्टले धितोपत्र ऐनको दफा ९७ बमोजिमको कसुर गरेकाले सोही ऐनको दफा ३३ बमोजिम जिम्मेवार बनाउँदै दफा १०१ को उपदफा (१) बमोजिम सजाय मागसमेत गरिएको छ ।पोलिस्टर, भिस्कोज, एक्राइलिक तथा बेलेन्डेड यार्न, कटन उत्पादन गर्ने कम्पनीले उत्पादन गने आर्थिक वर्ष २०७८÷७९ मा १० अर्ब १० करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो ।
तर, आर्थिक वर्ष २०७९÷८० मा घटेर १० अर्ब ६० लाख रुपैयाँमा झरेको छ । एक अर्ब ९० करोड रुपैयाँको जारी पुँजी र चुक्ता पुँजी एक अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् । उनको २१ दशमलव ९५ प्रतिशत सेयर छ । त्यस्तै शशीकान्त अग्रवालको ४४ दशमलव ९३ प्रतिशत र अक्षय गोल्यानको २२ दशमलव ९८ प्रतिशत सेयर छ ।कम्पनीले असार २७ गतेदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ रहे पनि आठ सय २० रुपैयाँ ८० पैसाको भाउमा आईपीओ जारी गरेको छ । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । यसका निम्ति लगानीकर्ताले न्यूनतम ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।कम्पनीले सेयर बिक्रीबाट ९४ करोड ८८ लाख रुपैयाँ प्राप्त गर्नेछ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि छ दशमलव ७५ वर्ष छ । त्यस्तै ‘डिस्काउन्ट’मा लगानी फिर्ता हुने अवधि १० दशमलव ६१ वर्ष छ ।चालू आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९६ पैसा मात्रै छ । चालू आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ दुई सय ४९ दशमलव ४८ रुपैयाँ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया