कच्चा तेलको भाउ दुई महिनायताकै उच्च
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । आन्तर्राष्ट्रिय बेन्चमार्कमा बुधबार साँझ ‘ब्रेन्ट क्रुड’ आयलको मूल्य करिब ८७ डलर प्रतिब्यारेल पुगेको छ । यो मूल्य दुई महिनायताकै धेरै हो । सोमबार एकै दिन प्रतिब्यारेल मूल्य दुई डलर बढेको थियो भने मंगलबार केही घटेको थियो ।
अमेरिकामा मुद्रास्फीति दर कम हुँदै गएको र ब्याजदर घट्ने हल्लाको कारण तेलको मूल्य बढेको अनुमान गरिएको छ । यद्यपि अमेरिकी केन्द्रीय बैंकका अध्यक्षले मंगलबार ब्याजदर घट्न मुद्रास्फीति दर घटेको थप डाटा चाहिने बताएपछि ब्याजदर तत्काल नघट्ने सङ्केत देखिएको छ । यसको असर फेरि कच्चा तेलको मूल्य केही घट्ने विश्लेषकहरुले बताएका छन् ।
अर्कोतर्फ गर्मीको मौसममा तेलको माग बढेको र उत्तर अमेरिकातर्फ समुद्री आँधीका कारण आपूर्ति श्रृङ्खलामा अवरोध पर्नसक्ने अनुमान गरिएको कारण तेलको माग बढ्न गई भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया