इन्फिनिटी लघुवित्तको तेस्रो त्रैमासिक नाफा पाँच करोड २५ लाख
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २९ लाख ९९ हजार सात सय ५३ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ३८ लाख २१ हजार चार सय आठ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४२ रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब २७ करोड ७५ लाख २१ हजार दुई सय ५१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १५ करोड ५४ लाख सात जार पाँच सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ९३ लाख ७६ हजार दुई सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय छ । वितरणयोग्य नाफा चार करोड ५२ लाख ८९ हजार दुई सय २९ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ६१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड ९२ लाख ९८ हजार एक सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ४३ लाख ६१ हजार सात सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ३० लाख ८६ हजार तीन सय ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १४ दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने पाँच लाख २५ हजार पाँच सय ४९ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ९९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया