भिभो वाई २८ नेपालमा
काठमाडौं । भिभोले आफ्नो वाई शृङ्खलाको उत्कृष्ट सदस्य भिभो वाई २८ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको कमलादीस्थित २५६ फिट उचाइमा रहेका स्काइवाक टावरमा सो फोन सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो फोनलाई सात दशमलव ९९ मिमि अल्ट्रा–स्लिम बडीमा उपलब्ध गराइएको छ । साथै, यो फोन दुई रङहरू ग्लिमिङ ओरेञ्ज र एगेट ग्रिन कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसको सौन्दर्यलाई अझ बढाउन यस्मा मेटालिक हाई–ग्लोस फ्रेम र अद्वितीयरूपमा निर्मित रियर क्यामेरा मोड्युल छन्, जसमा डाइनामिक लाइट समावेश छ । यसले संगीत र नोटिफिकेसनस गरी एक आकर्षक दृश्य र श्रवण अनुभव प्रदान गर्छ । भिभो वाई २८ मा विशाल ६००० एमएएच ब्याट्री रहेको छ ।
यसमा ४४ वाट फ्ल्यास चार्ज पनि छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिङका लागि पर्याप्त शक्ति प्रदान गर्छ । यसको स्थायित्वका लागि चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी पनि दिइएको कम्पनीले जनाएको छ । यसले १६०० चार्ज साइकलपछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्छ ।
साथै, भिभो वाई २८ मा ९० हर्ट्ज रिफ्रेस रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्सन स्क्रिन छ । यस स्क्रिनमा टीयूभी राइनल्यान्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको कम्पनीले जनाएको छ । यसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्छ । डुअल स्टिरियो स्पिकरको साथ ३०० प्रतिशत अडियो बुस्टर सुविधा पनि रहेको भिभो वाई २८ ले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्ने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बंगलादेशसँग विद्युत् व्यापार सम्झौता र बीबीआईएन ग्रिड अवधारणा
- बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बास भयो, न खाने गाँस’
- युद्धग्रस्त देशमा मान्छे पठाउन किन हतारो ?
- नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गमा ब्रान्डिङ गर्ने अगस्ती
- ईभा नेपालको शुभकामना आदानप्रदान
- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे
- नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी
- गैरबैंकिङ सम्पत्तिमा सर्वोच्चको व्याख्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया