लागुपदार्थविरुद्ध जागरणको लागि पाँच किलोमिटर यात्रा हुने
काठमाडौं । मिरा राई इनिसिएटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले पाँच किलोमिटर यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजीव थापाले जनाए ।
यही असार २२ हुने उक्त कार्यक्रममा सहभागिताहरूले खुला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । कार्यक्रमका विजेताहरूले ५० हजार रुपैयाँ बराबरको नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।
सो कार्यक्रमबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष मिरा राईले युवाहरूलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उद्देश्यले गरिने यस्ता कार्यक्रमहरू देशैभरि गर्नुपर्नेमा जोड दिइन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- बंगलादेशसँग विद्युत् व्यापार सम्झौता र बीबीआईएन ग्रिड अवधारणा
- बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बास भयो, न खाने गाँस’
- युद्धग्रस्त देशमा मान्छे पठाउन किन हतारो ?
- नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गमा ब्रान्डिङ गर्ने अगस्ती
- ईभा नेपालको शुभकामना आदानप्रदान
- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे
- नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी
- गैरबैंकिङ सम्पत्तिमा सर्वोच्चको व्याख्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया