Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२१ सय १९ बिन्दुमा रोकियो सेयर बजार

२१ सय १९ बिन्दुमा रोकियो सेयर बजार

झण्डै १६ अंकले उकालो लाग्दा छ अर्ब ४८ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ७९ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार १५ दशमलव ४६ अंकले उकालो लागेर २१ सय १९ दशमलव ६९ अंकमाा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७४ अंकले बढेर तीन सय ७४ दशमलव ७० बिन्दुमा पुगेको छ ।

धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको ८४ हजार एक सय २६ पटकको कारोबारमा दुई करोड २१ लाख ६७ हजार छ सय ७८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौं सय ८० रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र उत्पादनुलक उपसमुहको सुचक ओरालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका ११ वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x