‘मौद्रिक नीति सबै समस्या समाधान गर्न जादुको छडी होइन’
काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको सबै समस्या समाधान गर्न मौद्रिक नीति ‘जादुको छडी’ नभएको बताएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाका लागि बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रमा समस्या रहेको र सबै क्षेत्रको समस्या मौद्रिक नीतिमार्फत मात्रै समाधान नहुने बताएका हुन् ।अर्थतन्त्रको समस्या समाधान गर्नका लागि मौद्रिक नीतिबाट गर्न सकिने हदैसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्र बैंकले गर्नुपर्ने काम गरिरहेको र केही समस्या पुराना कारणले सिर्जना भएको बताए ।
बैंकहरूले क्षमताभन्दा बढी कर्जा दिएको, ऋणीको क्षमता मूल्याङ्कन प्रभावकारी नभएको कारण अहिले कर्जा असुलीमा समस्या देखिएको बताए । हिजोको दिनमा ग्राहकको क्षमताभन्दा बढी कर्जा दिइएकाले समस्या आएकोले अब त्यस्तो गल्ती नदोहो¥याउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे ।बैंकहरूको नाफा घट्दै गएको बारे पनि गभर्नर अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उद्योगी व्यवसायीको कर्जा तिर्नसक्ने क्षमतामा कमी आएकाले बैंकहरू नयाँ कर्जा दिन डराएको भन्दै आगामी मौद्रिक नीतिमार्फत सहजीकरण गरिने प्रतिबद्धता जनाए ।अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नपर्ने सबै विषयलाई समेटेर अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति तर्जुमा हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- बंगलादेशसँग विद्युत् व्यापार सम्झौता र बीबीआईएन ग्रिड अवधारणा
- बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बास भयो, न खाने गाँस’
- युद्धग्रस्त देशमा मान्छे पठाउन किन हतारो ?
- नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गमा ब्रान्डिङ गर्ने अगस्ती
- ईभा नेपालको शुभकामना आदानप्रदान
- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे
- नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी
- गैरबैंकिङ सम्पत्तिमा सर्वोच्चको व्याख्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया