मधेश प्रदेशमा बालश्रमिकको संख्या एक लाख ७२ हजार
जनकपुर । मधेश प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँचदेखि १७ वर्ष उमेर समूहका बालश्रमिकको संख्या एक लाख ७२ हजार रहेको पाइएको छ । जनकपुरधाममा आसमान नेपाल नामक संस्थाले एक कार्यक्रमको आयोजना गरी बाल श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले मधेश प्रदेशमा विद्यालयबाहिर भएका २१ प्रतिशत बालबालिकालाई विद्यालय पठाउन सकेमा बाल श्रमिकको संख्या कम गर्न सकिने बताए । प्रदेशका बालश्रमिकहरूमध्ये सहरी क्षेत्रमा मात्र १२ दशमलव चार प्रतिशत रहेका छन् । ग्रामीण क्षेत्रमा बाल श्रमिकको संख्या नौ दशमलव आठ प्रतिशत रहेको आसमानका परियोजना संयोजक दिपेन्द्र तिवारीले जानकारी दिए । गरिबी तथा अशिक्षाका कारण बालश्रमिकमध्ये तीन दशमलव चार प्रतिशत अर्थात् ५० हजार नौ सय ३२ जना बालश्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको उनले बताए । मधेश प्रदेशमा विद्यालय जाने उमेर समूहका बालबालिकाको संख्या १४ लाख ९८ हजार छन् ।
क्याटेगोरी : मधेश प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- युद्धग्रस्त देशमा मान्छे पठाउन किन हतारो ?
- नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गमा ब्रान्डिङ गर्ने अगस्ती
- ईभा नेपालको शुभकामना आदानप्रदान
- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे
- नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी
- गैरबैंकिङ सम्पत्तिमा सर्वोच्चको व्याख्या
- फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छान्ने काम
- सुनजस्तो देखिने आठ किलो धातुसहित दुई भारतीय नागरिक पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया