औद्योगिक क्षेत्रमा बहुराष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमीबीच प्रतिस्पर्धा
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ बहुराष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमीबीच प्रतिस्पर्धा चलेको छ । उनीहरू दैनिकजसो औद्योगिक क्षेत्र व्यवस्थापनसँग सम्पर्कमा आउन थालेका छन् । सो औद्योगिक क्षेत्र परिसरभित्र अहिले विभिन्न १५ वटा निर्माणाधीन उद्योग छन् । तीमध्ये सात उद्योगले भवन निर्माण गरिरहेका छन् । निर्माणाधीन उद्योगले आगामी नौ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य लिएका छन् ।
हेटौंडा औद्योगिक क्षेत्रमा विभिन्न प्रकारका एक सय २२ उद्योग सञ्चालनमा रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिले जनाएको छ । सो औद्योगिक क्षेत्रमा एक दशकदेखि विभिन्न प्रकारको छ वटा उद्योग आर्थिक संकट र कच्चापदार्थको अभावमा बन्द भएका थिए । यहाँ सञ्चालित विभिन्न उद्योगबाट हालसम्म आठ हजार दुई ७५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको औद्योगिक क्षेत्रका सूचना अधिकारी मनिष मिश्रले जानकारी दिए । हेटौंडा औद्योगिक क्षेत्रमा विभिन्न मझौला उद्योग, बहुराष्ट्रिय कम्पनी स्थापना गर्ने क्रममा औद्योगिक क्षेत्रको पूर्वतर्फ रहेको करिब एक हजार दुई रोपनी जग्गा जगेडामा राखिएको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक सङ्गीता कुँवरले बताइन् । उनका अनुसार औद्योगिक क्षेत्र परिसरभित्र २० वर्षअघिदेखि सरकारी स्वामित्वमा रहेको हेटौंडा दूध वितरण आयोजना, बागमती प्रदेश, खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेशको माटो परीक्षण कार्यालय, प्रदेशको बीउविजन कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल बैंक लिमिटेड, सशस्त्र प्रहरी कार्यालय र बागमती प्रदेशका केही मन्त्रीहरूको आवासीय निवास सञ्चालनमा छन् ।
उक्त औद्योगिक क्षेत्रमा हाल सञ्चालित केही उद्योगले उत्पादन गरेको विद्युतीय सामाग्रीलगायतले विदेशी मुद्रा आर्जन गरिरहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार अग्रवालले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका–१३, मयुरधापमा स्थापना गर्न खोजिएको मयुरधाप औद्योगिक क्षेत्रका संरचनालाई व्यावहारिकरूपमा प्रयोगमा ल्याउन नेपाल औद्योगिक विकास निगमबाट अनुगमनगरी तत्काल उद्योग स्थापना गर्ने प्रक्रियाको सहजीकरण भइरहेको औद्योगिक क्षेत्रका प्रबन्धक कुवँरले बताइन् । सरकारले विसं २०२० मङ्सिर २२ गते हेटौंडामा औद्योगिक क्षेत्र स्थापना गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- सुनजस्तो देखिने आठ किलो धातुसहित दुई भारतीय नागरिक पक्राउ
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया