समृद्धि फाइनान्सका ग्राहकहरूलाई क्यापिटल हस्पिटलमा छुट
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले क्यापिटल हस्पिटल प्रालि बागबजार काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण सेयर सदस्यहरू, कर्मचारीहरू तथा खातावालाहरूले मिति २०८१ असार १२ देखि २०८३ असार ११ गतेसम्म समृद्धि मोबाइल बैंकिङ र डेबिड कार्ड प्रयोग गरी क्यापिटल हस्पिटल प्रालि बागबजार काठमाडौमा स्वस्थ्य उपचार सेवाको उपभोग गरी भुक्तानी गर्दा भारी छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण सेयरसदस्यहरू कर्मचारीहरू तथा खातावालाहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।
सम्झौतामा फाइनान्सका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक प्राडा अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । फाइनान्सका सम्पूर्ण सेयर सदस्यहरू, कर्मचारीहरू तथा खातावालाहरूले क्यापिटल हस्पिटल प्रालिबाट अर्थोपेडिक (अपरेशन/प्रक्रिया शुल्क), स्त्री रोग (अपरेसन÷प्रक्रिया शुल्क) र सामान्य शल्यक्रिया (अपरेसन÷प्रक्रिया शुल्क)मा १० प्रतिशत छुट पाउने छन् । यसैगरी अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने फाइनान्सले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बंगलादेशसँग विद्युत् व्यापार सम्झौता र बीबीआईएन ग्रिड अवधारणा
- बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बास भयो, न खाने गाँस’
- युद्धग्रस्त देशमा मान्छे पठाउन किन हतारो ?
- नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गमा ब्रान्डिङ गर्ने अगस्ती
- ईभा नेपालको शुभकामना आदानप्रदान
- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे
- नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी
- गैरबैंकिङ सम्पत्तिमा सर्वोच्चको व्याख्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया