Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाढीका कारण विद्युत् उत्पादनमा समस्या

बाढीका कारण विद्युत् उत्पादनमा समस्या


काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन् ।

निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै छ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन् । प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीसँगै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ‘ए’ १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत् आयोजनासमेत बन्द भएको छ । प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन् । प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएको छ । नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

केही आयोजना भने कम क्षमतामा चलेका छन् । प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिुख एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी सात मेगावाट, त्रिशुली छ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र पाँच मेगावाट र चमेलियाबाट १४ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x