क्रेस्ट माइक्रो लाइफको समृद्धि लघु जीवनबीमा सुरु
काठमाडौं । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले समृद्धि लघु जीवन बीमा सुरु गरेको छ । लघु बीमाको लक्षित वर्ग नेपालका गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायका विविध इच्छा, चाहनालाई सम्बोधन गरी बीमाको पहुँच विस्तारका लागि बिहीबारबाट समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।
आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवनबीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ६० वर्षसम्म रहेको, बीमा अवधि न्यूनतम पाँच वर्षदेखि २० वर्षसम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजारबाट नै बीमालेख लिन सकिने प्रावधान रहेको छ । न्यून बीमा शुल्क रकम, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरूका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितताजस्ता विशेषतायुक्त यस योजना दूरदराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम् भूमिका खेल्ने देखिन्छ ।
बीमा शुल्कबापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने । अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने । आश्रित परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमान तथा अन्य सामाजिक कार्य गर्न आर्थिक टेवा पुग्नेजस्ता कुराहरू यस योजनाको आकर्षणको रूपमा रहेका छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया