समृद्धि फाइनान्सका ग्राहकलाई मेघा हस्पिटलमा छुट
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीबार मेघा हस्पिटल प्रालि सानेपा, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण खातावालाहरूले मिति २०८१ असार २१ देखि २०८३ असार २० गतेसम्म समृद्धि मोबाइल बैकिङ र डेबिड कार्ड प्रयोग गरी मेघा हस्पिटल प्रालि सानेपा काठमाडौंमा स्वस्थ्य उपचार सेवाको उपभोग गरी भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण खातावालाहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभाष श्रेष्ठ र मेघा हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक श्री किशोरजंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अरुण भ्याली हाइड्रो पावरको साधारणसभा
- एनएलजी इन्स्योेरेन्स कम्पनीद्वारा विशेष साधारणसभा
- विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति
- बीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी
- एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
- ‘स्काईवर्थ सपना साकार’ अफरको विजेता घोषणा
- हट एअर बेलुन उडान फेरि सुरू
- इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया