रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमितरूपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिस गिरीले मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्ताहरूसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छाप छोड्ने रियलमीको प्रतिबद्धतालाई झल्काउने बताए । त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पु¥याउने उल्लेख गरे ।
देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाइ छ । झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल वेयर हाउजिङ कम्पनीको विशेष साधारणसभा आह्वान
- मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल
- आइएमई लाइफ इन्स्योरेन्सको उपहार योजना कार्यक्रम
- अरुण भ्याली हाइड्रो पावरको साधारणसभा
- एनएलजी इन्स्योेरेन्स कम्पनीद्वारा विशेष साधारणसभा
- विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति
- बीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी
- एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया