Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

शाओमीको रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर


काठमाडौं  । शाओमीले आफ्नो नेपाली ग्राहकहरूको लागि जुलाई ज्याकपट अफर सुरु गरेको छ । यस अफरमा ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा चार हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जीमा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रेड्मी १३ नोट सिरिजअन्तर्गत तीन मोडेलका फोनहरू रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी उपलब्ध छन् । ६+१२८ जीबी र ८+२५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा एक सय २० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ । रेड्मी १३ को दुवै भेरियन्टमा एक हजार रुपैयाँ मूल्य छुट गरिएको कम्पनीले जनाएको छ । बजारमा हाल रेड्मी १३ को अफर मूल्य क्रमशः २३ हजार नौ सय ९९ रुपैयाँ र २६ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रोमा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसर रहेको छ । ८+२५६ जीबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको यो फोनमा कम्पनीले क्रमशः दुई हजार रुपैयाँ र चार हजार रुपैयाँ छुट दिएको छ । छुटपश्चात हाल रेड्मी नोट १३ प्रो को मूल्य ३२ हजार नौ सय ९९ रुपैयाँ र ३५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

यस्तै, रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कभर्ड डिस्प्ले छ । एक सय २० वाटको चार्जरसहित ८+२५६ जीबी स्टोरेज र १२ जीबी+५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा यो फोन उपलब्ध छ । कम्पनीले यो फोन दुई हजार रुपैयाँ छुट उपलब्ध गराएको छ । हाल कम्पनीले यो फोनको नयाँ मूल्य ४५ हजार नौ सय ९९ रुपैयाँ र ५० हजार नौ सय ९९ रुपैयाँ तोकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x