Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा बजेटपछि मुद्रास्फीति बढ्यो

पाकिस्तानमा बजेटपछि मुद्रास्फीति बढ्यो


इस्लामाबाद । आर्थिक वर्ष २०२४/२५ को बजेट पेस भएपछि पाकिस्तानमा मुद्रास्फीति बढेको छ । पछिल्लो एक सातामा पाकिस्तानको मुद्रास्फीति दर एक दशमलव २८ प्रतिशत बढेको हो ।

पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पीबीएस)को पछिल्लो साप्ताहिक रिपोर्टअनुसार वार्षिक मुद्रास्फीति दर बढेर २३ दशमलव ५९ प्रतिशत पुगेको छ । प्रतिवेदनले गतहप्तामा २९ वटा आवश्यक वस्तुको मूल्यमा भएको वृद्धिलाई प्रकाश पार्दै पाँचवटा वस्तुले स्थिर मूल्य कायम राखेको र १७ वटा वस्तुको मूल्यमा कमी आएको जनाएको छ ।

टमाटरको मूल्य सबैभन्दा धेरै ७० दशमलव ७७ प्रतिशतले बढेर प्रतिकिलो दुई सय पिकेआर पुगेको छ । पीबीएसका अनुसार पिठोको मूल्य १० दशमलव ५७ प्रतिशतले, पाउडर दूध आठ दशमलव ९० प्रतिशत, डिजेल तीन दशमलव ५८ प्रतिशत, पेट्रोल दुई दशमलव ८८ प्रतिशतले र एलपीजी ग्यासको मूल्य एक दशमलव ६३ प्रतिशतले बढेको छ ।

कुखुरा, दाल र लसुनको मूल्य पनि बढेको । प्याज र आलुको मूल्य भने घटेको छ । प्याजको मूल्य नौ दशमलव शून्य पाँच प्रतिशत र आलुको मूल्य एक दशमलव शून्य चार प्रतिशतले घटेको छ ।

जुलाई–१ को अघिल्लो रिपोर्टले उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति २०२४ मा १२ दशमलव छ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको जुनमा २९ दशमलव चार प्रतिशत थियो । मासिक आधारमा, सीपीआई मुद्रास्फीति २०२४ मा शून्य दशमलप पाँच प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको तीन दशमलव दुई प्रतिशत र २०२३ मा शून्य दशमलव तीन प्रतिशतले घटेको थियो ।

पाकिस्तानी सरकारले जुन–२९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको मापदण्ड पूरा गर्न आगामी आर्थिक वर्षमा थप राजस्व उत्पन्न गर्न धेरै क्षेत्रमा नयाँ कर उपाय घोषणा गर्दै विशिष्ट क्षेत्रमा छुट विस्तार गरेको थियो ।

पाकिस्तानका अर्थमन्त्रीले राष्ट्रियसभामा नयाँ उपायको घोषणासमेत गरेका थिए । यसमा इस्लामाबादमा सम्पत्तिमा पुँजी कर लागू गर्नु, निर्माणकर्ता र विकासकर्तामा नयाँ कर उपाय समावेश भएको पाकिस्तानको स्थानीय दैनिकले रिपोर्ट गरेको छ ।

जुन–१२ मा राष्ट्रियसभामा पेस गरिएको वित्त विधेयक २०२४ मा गरिएको संशोधनमा सरकारले डिजेल र पेट्रोलमा पेट्रोलियम विकास लेवी (पीडीएल)लाई पाकिस्तानी रुपैयाँ (पीकेआर) ८० बाट ७० पीकेआर प्रतिलिटरमा झारेकोमा हालको पीकेआर ६० बाट बढाएको छ ।

विरोधका बावजुद, निर्यातकर्ताले २९ प्रतिशतको मानक कर्पोरेट कर दर र लागू भएमा सुपर कर तिर्नेछन् । पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार निर्यात कारोबारमा अघिल्लो एक प्रतिशत करको तुलनामा यो महत्वपूर्ण परिवर्तन हो । व्यक्ति र गैरव्यत्ति, प्रतिवर्ष एक करोड पीकेआरभन्दा बढी कमाउने व्यक्तिको संघको आयकरमा १० प्रतिशत भारको अधीनमा हुनेछन् ।

गहिरो आर्थिक सङ्कटमा पाकिस्तानी संसद्ले भर्खरै नयाँ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बेलआउटबीच आगामी आर्थिक वर्षका लागि कर–भारी वित्त विधेयक पारित गरेको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x