अमेरिकामा बेरोजगारी बढ्यो
वासिङटन । अमेरिकामा बेरोजगारी दर केही बढेको छ । बेरोजगारी दर चार प्रतिशतबाट बढेर चार दशमलव एक प्रतिशत पुगेको छ । बेरोजगारी दर बढ्नुले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा अपेक्षाकृत सुधार हुन नसकेको सङ्केत गरेको अधिकारीहरुले
बताएका छन् ।
श्रम विभागले गत महिना दुई लाख छ हजार रोजगारी थपेको उल्लेख गरेको छ । मुद्रास्फीति कम हुँदै गएको र उत्पादन तथा सेवा क्षेत्रको गतिविधि सुस्त भइरहेको बेला यो प्रतिवेदन सार्वजनिक भएको छ ।
औसत घन्टाको आम्दानी मासिकरुपमा शून्य दशमलव तीन प्रतिशतले र अघिल्लो वर्षको तुलनामा तीन दशमलव नौ प्रतिशतले बढेको छ । तलव वृद्धिले उपभोक्ता मूल्य वृद्धिलाई पछाडि पारेको भए पनि यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिरहेको छैन । यो तथ्याङ्कले राष्ट्रपति जो बाइडेनलाई आफ्ना आर्थिक नीतिहरुबारे जनतालाई विश्वास दिलाउन चुनौती थपेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आइएमई लाइफ इन्स्योरेन्सको उपहार योजना कार्यक्रम
- अरुण भ्याली हाइड्रो पावरको साधारणसभा
- एनएलजी इन्स्योेरेन्स कम्पनीद्वारा विशेष साधारणसभा
- विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति
- बीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी
- एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
- ‘स्काईवर्थ सपना साकार’ अफरको विजेता घोषणा
- हट एअर बेलुन उडान फेरि सुरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया