काठमाडौं, शुक्रबारदेखि अविरल परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४८ जनाले ज्यान गुमाएका छन् भने ५४ जना घाइते भएका छन् । प्रहरीका अनुसार बाढीपहिरोमा परेर आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
बाढीपहिरो तथा विपत्का कारण काठमाडौंमा तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी–पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना र कर्णाली प्रदेशमा एक जना गरी सात जना बेपत्ता भएका छन् ।
बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन् । जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरोमै परी एक सय ८८ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपत्का घटनाबाट एक हजार ५८ घरपरिवार विस्थापित भएका छन् ।भारी वर्षाका कारण आइतबार पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । देशैभरि तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल
- आइएमई लाइफ इन्स्योरेन्सको उपहार योजना कार्यक्रम
- अरुण भ्याली हाइड्रो पावरको साधारणसभा
- एनएलजी इन्स्योेरेन्स कम्पनीद्वारा विशेष साधारणसभा
- विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति
- बीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी
- एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
- ‘स्काईवर्थ सपना साकार’ अफरको विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया