Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदेशैभरि बाढी पहिरो उद्धार कार्य निष्प्रभावी

देशैभरि बाढी पहिरो उद्धार कार्य निष्प्रभावी


काठमाडौं । यो वर्ष अधिक वर्षा हुन्छ भनेर पहिले नै बताइएको थियो । यो अधिक वर्षाको पक्ष के रह्यो भने देशैभर समान प्रकारका क्षति भए । पहाडमा पहिरो र तराईमा बाढी यो प्रकोपका रूप हुन् । अधिक वर्षा हुन्छ भनेर गरिएको पूर्वजानकारी अनुसार नै केही अपवादबाहेक घटनाहरू त्यस्तै भइरहेका छन् । यो पटकको मनसुन पूर्वबाट सुरु भएको थियो । सुरु हुनासाथ नै त्यसले क्षति पुर्याउन थालेको देखियो । पहिरोले गाउँ नै बगाएका दृश्यहरू देखिए । सुरुमै एक दर्जनजतिको प्राण गयो । यो सबै मौसमविद्हरूले चेतावनी दिँदादिँदै भएको हो । बाढीजस्ता पहिरोले पुर्याउने क्षतिको पूर्व आकलन हुन सक्तैन । पछि मनसुनले तीव्रता लिँदै जाँदा तराई प्रवेश भयो र गाउँ नै डुब्न थाले । यस्तो क्षति विस्तार हुँदैजाँदा पूर्वदेखि पश्चिमसम्म नै पहाडमा पहिरो र तराईमा बाढी प्रकोप फैलिए । यो विवरण सुरुआती दिनका हुन् ।

यस्ता कुरा यहाँ उल्लेख हुन आवश्यक ठानिएको कारण छ । मनसुनले अझबढी क्षति गर्दै जाँदा उद्धारकार्य भने झन्झन् सुस्त हुँदै गयो । मनसुन सुरु नहुँदै प्रभावकारी उद्धारका लागि भनेर गृहमन्त्रीले दलहरूको सहयोग मागेको थिए । चाहिएका बेला जहाँसुकै उद्धारका लागि टोली पठाइने भनेर राजनीतिक दलहरूसँग कार्यकर्ताका नाम दिन पनि भनियो । तर जब क्षति बढ्न थाले त्यसअनुसार उद्धारको कार्य भने । पछिल्लो समय गृहमन्त्रीबाट जोखिमयुक्त ठाउँबाट मानिसलाई हटाउनु भन्नेसम्मको निर्देशन आएकको छ । पहिरोबाट घर पुरिएका वा बगेका, परिवार मारिएकाहरूका लागि अस्थाई आवास खाद्यको व्यवस्था समेत गरिएको देखिएन । जब मनसुन ठूलो प्रकारको हुने र त्यसले क्षति पनि त्यही प्रकारको गर्ने भनेर पूर्वचेतावनी दिइँदा समेत यस्तो उदासिन रहनु भनेको एक प्रकारले अपराध नै हो । यस्तो प्रकोप बढेपछि त्यसबाट सकेसम्म जीउधन जोगाउन केन्द्रले स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने हो । विगतमा गृह मन्त्रालयले यस्तो अग्रसरता लिन्थ्यो । यो पटक गृह पनि चुकेको अवस्था छ । यहीबेला केन्द्रमा सरकार फेरबदल भएर पनि हुन सक्छ । तर जो जुनबेलासम्म जुन पदमा रहन्छन् यस्तो उद्धारका लागि उनकेै दायित्व बन्छ । तर सम्बन्धित पदाधिकारीले त्यस्तो कर्तव्यबोध गरेको समेत पाइएको छैन । त्यसकारण पनि मनसुनले ल्याएको वितण्डामा सरकार मुकदर्शक मात्र भएको भन्ने अवस्था आएको हुनुपर्छ ।

अहिलेसम्मको जानकारीअनुसार भारी वर्षा अझै केही दिन लम्बिने छ । चलिरहेको अबिरल वर्षाले देशभरिकै जनजीवन अस्तव्यस्त भयो । विमानस्थल नै डुबानमा परेका कारण कतिपय ठाउँमा विमान नै उडेनन् । स्थलमार्ग पनि पहिरोका कारण लामो समयसम्म नै अवरोधमा परे । बाढी पहिरोले धेरैतिर नै सडक अवरुद्ध भएका स्थिति छ । पुल बगेका छन् । धेरै ठूलो जनसंख्या बाढी र पहिरोका कारण आफ्नो बासबाटै उठिबासमा परे । तिनलाई तत्कालै दिनुपर्ने राहत उपलब्ध नभएका गुनासा दिनहुँ आइरहेका छन् । एकातिर यस्तो अवस्था छ भने गाउँ नै डुबानमा परेका छन् । वर्षात् रोकिएपछि पनि ती क्षेत्रमा रोगको प्रकोप बढ्ने देखिन्छ । विगतमा यस्तो अवस्था प्रकट भइसकेका छन् । त्यसकारण सरकार यी सबै समस्याहरूको निराकरणका लागि तयार भएर बसोबास भन्नुपरेको हो । पछिल्लो समय मौसमको अनुमान मिल्दाजुल्दै देखिएका छन् । त्यसले नागरिकलाई त सचेत बनाउँछ नै सरकारलाई पनि प्रकोपसँग लड्न अवसर दिन्छ । यसको हेक्का राखियोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x