बंगलादेशको मूल्यवृद्धिदर सामान्य घट्यो
ढाका । बंगलादेशको मुद्रास्फीति कम भए पनि उपभोक्ता मूल्य निरन्तर बढ्दै गएकोे छ । बंगलादेशको तथ्याङ्क विभाग (बीबीएस)को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा केही कमी भएको अर्थात् नौ दशमलव ८९ प्रतिशतबाट घटेर नौ दशमलव ७२ प्रतिशतमा झरेको छ ।
बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना १० दशमलव ७६ प्रतिशत रहेकोमा जुन महिनामा केही घटेर १० दशमलव ४२ प्रतिशतमा झरेको छ ।
गैरखाद्य वस्तुको मुद्रास्फीति मार्चमा नौ दशमलव १९ प्रतिशत रहेकोमा जुनमा घटेर नौ दशमलव १५ प्रतिशतमा झरेको छ ।
आर्थिक वर्ष २०२३/२४ (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म)मा देशको औसत मुद्रास्फीति नौ दशमलव ७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षको बजेट लक्ष्य सात दशमलव पाँच प्रतिशतभन्दा धेरै बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बंगलादेशको समग्र मुद्रास्फीति नौ दशमलव शून्य दुई प्रतिशत रहेको थियो । बंगलादेशको संसद्ले गत जुन ३० मा आर्थिक वर्ष २०२४/२५ का लागि सात दशमलव ९७ ट्रिलियन टाका (६८ अर्ब अमेरिकी डलर)को राष्ट्रिय बजेट पारित गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ का लागि छ दशमलव पाँच प्रतिशत रहेको मुद्रास्फीति दरलाई संशोधन गरी छ प्रतिशत कायम गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत
- बाढीले झोलुङ्गे पुल बगाएपछि करिब दुई सय ५० घरपरिवार समस्यामा
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट
- उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
- लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी
- उद्धार कोषलाई इन्फ्रास्ट्रक्चर बैंकको सहयोग
- राहत कोषमा सहयोग गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया