Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको विदेशी मुद्रा सञ्चिति घट्यो

चीनको विदेशी मुद्रा सञ्चिति घट्यो


बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चिति घटेको छ । सन् २०२४ ‘मे’ को तुलनामा ‘जुन’ महिनामा तीन दशमलव २२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । चीनको स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्ज (एसएएफई)ले एक महिनामा विदेशी मुद्रा सञ्चिति शून्य दशमलव तीन प्रतिशतले घटेको जनाएको छ । मुद्रा अनुवाद र सम्पत्ति मूल्य परिवर्तनको संयुक्त प्रभावका कारण विदेशी विनिमय सञ्चिति घटेको उल्लेख गरेको छ ।

एसएएफईका अनुसार मौद्रिक नीति, बजार अपेक्षा र बृहत् आर्थिक डेटाजस्ता विभिन्न कारकहरुबाट प्रभावित अमेरिकी डलर सूचकाङ्क विश्वव्यापी वित्तीय सम्पत्तिको मूल्य बढेको उल्लेख छ । एसएएफईका अनुसार चिनियाँ अर्थतन्त्रले आफ्नो रिकभरी गतिलाई कायम राखेको र उच्च गुणस्तरको विकासलाई निरन्तरता दिएको उल्लेख गरेको छ । जुन देशको विदेशी मुद्रा सञ्चितिको स्थिर स्तर कायम राख्न अनुकूल भएको चिनियाँ केन्द्रीय बैंकले बताएको छ ।

पिपुल्स बैंक अफ चाइनाले आइतबार जारी गरेको तथ्याङ्कअनुसार जुनमा देशको सुनको भण्डार ७८ दशमलव आठ मिलियन औंसमा अपरिवर्तित रहेको छ । जुन एक सय ६९ दशमलव सात बिलियन डलरबराबरको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x