बीवाईडी विद्युतीय सवारीको मूल्य बढ्यो
काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी साधनको मुल्यमा भारी वृद्धि गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा सरकारले कर नीतिमा गरेको परिवर्तनका कारण विद्युतीय सवारीसाधनको मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ ।
कम्पनीले बीवाईडी अट्टो थ्री एड्भान्समा ९१ हजार रुपैयाँ र सुपेरियरमा एक लाख ९२ हजार रुपैयाँ वृद्धि गरेको छ । यस्तै, बीवाईडी डल्फिनको एक लाख ३५ हजार रुपैयाँ, बीवाईडी सिल डायनामिकमा पाँच लाख रुपैयाँ, सिल प्रिमियममा छ लाख ५० हजार रुपैयाँ र सिल पर्फमेन्समा १० लाख रुपैयाँले मूल्यवृद्धि गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसअघि बीवाईडी अट्टो थ्री एड्भान्स र सुपेरियरको मूल्य क्रमशः ५५ लाख ९९ हजार र ६५ लाख ८८ हजार रुपैयाँ थियो ।
यस्तै, बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपैयाँ, बीवाईडी सिल डायनामिकको एक करोड पाँच लाख रुपैयाँ, सिल प्रिमियमको एक करोड ३९ लाख रुपैयाँ र सिल पर्फमेन्सको एक करोड ८५ लाख रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत
- बाढीले झोलुङ्गे पुल बगाएपछि करिब दुई सय ५० घरपरिवार समस्यामा
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट
- उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
- लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी
- उद्धार कोषलाई इन्फ्रास्ट्रक्चर बैंकको सहयोग
- राहत कोषमा सहयोग गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया