सोलुखुम्बुमा संक्रमित जिल्लाबाट निर्वाधरूपमा मानिस भित्रिँदै
महेन्द्र शाही
सोलुखुम्ब, असार ८
पछिल्लो समय संक्रमित जिल्लाहरूबाट निर्वादरूपमा मानिसहरू भित्रिन थालेको भन्दै सोलुखुम्बु सल्लेरीका नागरिकहरू त्रसित बनेका छन् । लकडाउन खुकुलो भएसँगै तराईका जिल्लाहरू सिराह, सप्तरी तथा तराई अन्य क्षेत्रहरूबाट समेत मानिस भित्रिने क्रम बढेको भन्दै यहाँका नागरिकहरू त्रसित बनेका हुन् । शुक्रबार सल्लेरीमा सिराहबाट ४ दिनको पैदल यात्रामार्फत सोलुखुम्बु आएका शैलुन व्यवसायीसहित २ जनालाई स्थानीयले क्वारेन्टाइनमा राखेका छन् । उनीहरू तराईबाट आएर नियमित काममा फर्किएका छन ।
बाहिरबाट आएकाहरूले अनिवार्यरूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि सदरमुकाम सल्लेरीमा भने त्यस्तो हुन नसकेको हो । तराई व्यक्तिहरू आएको थाहा पाएपछि स्थानीय युवाहरूले उनीहरूलाई नियन्त्रणमा लिएर फाप्लुस्थित क्वारेन्टाइनमा राखेको स्थानीय युवा लालकाजी श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस संक्रमण फैलिरहेको क्षेत्रहरूबाटै मानिहरू धमाधम आउन थाले पनि सुरुक्षा सतर्कता नअपनाउँदा जिल्लामा कोरोना भित्रिने सम्भावना बढेको भन्दै यहाँका नागरिकहरूले चिन्ता व्यक्त गरेका गरिरहेका छन ।
बाहिरी जिल्लाबाट आएका मानिसहरूलाई कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको माग छ । तर उनीहरूको बारेमा नियमनकारी निकाय नै बेखबर हुँदा थप समस्या भएको सल्लेरीका दावा शेर्पाको भनाइ छ । बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । अहिले सल्लेरीका सडकमा माग्दै हिँड्ने तराईमुलका नागरिकहरू समेत देखिन थालेकाले स्थानीय थप सशंकित बनेका छन् । यसको व्यवस्थापनमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।
तराईका जिल्लाहरूबाट आएका मानिसहरू निर्वाधरूपमा हिँडडुल गर्दा मानसिकरूपमा त्रास पैदा भएको अर्का स्थानीय फुर्वा शेर्पाको गुनासो छ । सरकारले नै बाहिरबाट आएका व्यक्तिहरूसँग टाढा बस्नु भनेको भए पनि बजारमा खुलेआम बाहिरबाट आएर बस्नेहरूको आवजावत हुँदा थप समस्या आउनेतर्फ समयमै ध्यान दिन जरुरी देखिन्छ । सोलुखुम्बुका एक युवामा कोरोना संक्रमति देखिएको र उनी निको भएर घर फर्किसकेका छन् । तसर्थ अहिले सोलुखुम्बुमा अन्य जिल्लाको तुलनामा सुरक्षित देखिएको छ । जसले गर्दा तराई मुलका नागरिक हिँडेर आइरहेका छन् । उनीहरूलाई समयमै क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्न जरुरी छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया