गिरीजाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण
न्युयोर्क। नेपाली राजनितिका शिखरपुरूष,शान्ति प्रकृयाका महानायक,नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व।गिरिजाप्रसाद कोईरालाको शताब्दीऔं जन्मजयन्तीको पावन अवसरमा न्युयोर्कको क्विन्सस्थित ज्याक्सनहाईट्समा निःशुल्क ताजा तरकारी वितरण गरीएको छ ।
गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा क्विन्स टुगेदर,टेष्टअफ नेपाल रेष्टुरेन्ट,भेराईटी व्वाईज एण्ड गर्लस् क्लब अफ क्वीन्स् र मेट्रोपोलीटान पार्क नामक संस्थाहरुको संयुक्त सहप्रायोजनमा सो कार्यक्रम सम्पन्न भएको हो। स्थानीय समय अनुसार मध्याह्न करीब १२ः३० बाट करीव १ घन्टासम्म टेष्ट अफ नेपाल रेष्टुरेन्टको प्रांगणबाट सो वितरण कार्यक्रम गरीएको थियो। लाममा पंक्तिबद्ध करीब २०० स्थानीय आगन्तुकहरूलाई पालैपालो ताजा सागसब्जी एवं तरकारी बितरण गरीएको थियो। सो वितरणबाट स्थानीय नेपाली अमेरीकी लगायत, बंगलादेश, भारत, पाकिस्तान, मेक्सीको सहीत करीब १४ राष्ट्रका व्यक्तिहरु लाभाम्बीत भएका थिए।
सो वितरण कार्यक्रममा फाउन्डेशन अमेरीका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र रेखा श्रेष्ठको सकृयता रहेको थियोभने क्विन्स टुगेदरका प्रमुख जोनाथन फोर्गोस्, न्युयोर्क मेयर अफिसबाट शुक्रानी दनपत,फाउन्डेशनकै केन्द्रीय सदस्य अम्बीरराज जोशी, नेका युवा नेताद्वय राजु रौनीयार र नवराज आचार्य र नेतृ कमला पन्त, प्रसीद्द पार्कर खेलाडी दिनेश सुनार, फाउन्डेशनका आजीबन सदस्य पुर्ण तामागं लगायतका समाजसेवी महानुभावहरूले यथासक्य स्वयंसेवकको भुमीका निर्वाह गरेका थिए ।
स्मरण रहोस् स्व। गिरीजावावुको शताब्दीऔं जन्मजयन्तीको पावन अवसरमा नेपाल,अमेरीका लगायत विश्वभरबाट स्मरण स्वरूप यी र यस्तै पुण्य कार्यहरू निरन्तर भैरहेका समाचारहरू प्राप्त भएका छन्। यस पावन अवसरमा फाउन्डेशन अमेरीका च्याप्टर एवं आजको यस कार्यक्रमसँग आबद्ध संघसंस्थाहरू स्व कोईरालाप्रती भावपूर्ण श्रद्धासुमन अर्पण गरेको छ ।
क्याटेगोरी : बिबिध, बिशेष
ताजा अपडेट
- लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन
- फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
- स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा संवेदनशील हुन आवश्यक छ: मुख्यमन्त्री कार्की
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया