Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाएसईई उत्तीर्ण विद्यार्थीलाई अरुणिमाको सम्मान

एसईई उत्तीर्ण विद्यार्थीलाई अरुणिमाको सम्मान


काठमाडौं । काठमाडौंको बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसालले विद्याथीहरूलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा उनले मुलुकमै गुणस्तरीय शिक्षा लिनसक्ने प्रचुर सम्भावना हुँदाहुँदै उच्च शिक्षाका लागि विदेशिनु उचित नभएको बताए । सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरूको स्तरोन्नतिका लागि गोकर्णेश्वर नगरपालिका कटिबद्ध रहेको बताउँदै उनले सबै विद्यालयले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । प्र्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले समग्र मुलुकमा एसईईको नतिजा खस्किँदा पनि अरुणिमाले उत्कृष्ट नतिजा ल्याएको बताए । अरुणिमा कलेजका प्रमुख केशव जोशीले मध्यम शुल्कमा कलेजले सबै प्रमुख संकायमा गुणस्तरीय शिक्षा प्रदान गरिररहेको जानकारी दिए । प्रतिष्ठान सञ्चालक समितिका सदस्य बटुप्रसाद न्यौपाने, अरुणिमा एल्मुनाई एसोसिएसनका अध्यक्ष जीतेन्द्र श्रेष्ठ लगायतले गुणस्तरीय शिक्षा लिन चाहने जो कोहीका लागि अरुणिमा उत्कृष्ट गन्तव्य भएको दाबी गरे ।

प्रतिष्ठानअन्तर्गत सञ्चालित अरुणिमा मावि बौद्धका ११० जना, नव अरुणिमा मावि आरुबारीका ३९ जना र अरुणिमा शिक्षा सदन मावि महाङ्कालका ४३ जना विद्यार्थी गरी जम्मा १९२ जना विद्यार्थी सम्मानित भएका थिए ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x