Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहकारीबाट नमस्ते–पेमा पैसा लोड गर्न सकिने

सहकारीबाट नमस्ते–पेमा पैसा लोड गर्न सकिने


काठमाडौं । स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका दुई सयभन्दा बढी सहकारी संस्थामार्फत आफ्नोे आवश्यकताअनुसार नमस्ते–पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्नेछन् । यो सुविधाले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते–पे वालेट लोड गर्ने सुविधा प्रदान गर्दछ, जसले सहकारी संस्थाहरूमा भौतिकरूपमा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्दत गर्दछ । वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्तामैत्री छ, जसले गर्दा न्यूनतम प्राविधिक ज्ञान भएका व्यक्तिहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् । नमस्ते–पे र स्मार्टबीचको यो सहकार्यले नेपालमा वित्तीय सेवाहरूको डिजिटलाइजेसनमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसले गर्दा वित्तीय सेवाहरूको पहुँच बढाउन, वित्तीय समावेशीकरणलाई प्रोत्साहित गर्न र डिजिटल साक्षरतालाई बढावा दिन सहयोग पुर्याउनेछ ।

नमस्ते–पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य छ । जसअनुरुप एसट्रीक ५०० ह्यास डायल गरेर नमस्ते–पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानीजस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x