Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसबै प्रदेशमा सिटिजन्स बैंकको ‘लर्निङ सेन्टर’

सबै प्रदेशमा सिटिजन्स बैंकको ‘लर्निङ सेन्टर’


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशको प्रदेश कार्यालयस्थित आफ्नै भवनमा ‘लर्निङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकैसाथ बैंकले लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो । कर्मचारीहरूलाई तालिम प्रदान गर्न, प्रादेशिकस्तरका कार्यक्रमहरू सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरू सञ्चालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको हो । यो लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकैपल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

मंंगलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअलरुपमा लर्निङ सेन्टरहरूको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ सेन्टरमा कार्यक्रमहरू सञ्चालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरूले कर्मचारीहरूको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लसटर प्रमुखलगायत शाखा प्रमुखहरू गरी दुई सय ६५ जना कर्मचारीहरूको उपस्थिति थियो । मंगलबार लर्निङ सेन्टरहरूको उद्घाटनकै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३, मधेशमा २०, बाग्मतीमा ४०, गण्डकीमा नौ, लुम्बिनीमा २३, कर्णालीमा पाँच र सुदूरपश्चिममा १० जना गरी एक सय ३० कर्मचारीहरूले प्रशिक्षण पनि लिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x