Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअस्ट्रेलियाको उच्चस्तरीय बेबी ब्राण्ड ड्रिमबेबी नेपालमा

अस्ट्रेलियाको उच्चस्तरीय बेबी ब्राण्ड ड्रिमबेबी नेपालमा


काठमाडौं, असार ८
बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी अब नेपालमा पनि पाईने भएको छ । नेपालमा आईएमएस ग्रुप अन्तर्गत आईएमएस लिटिल स्माईल्स कम्पनीले ड्रिमबेबीका सामग्रीहरु भित्र्याएको हो । संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध गरिने कम्पनीले जनाएको छ ।

ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएकाछन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् । यस बेबि ब्रान्डले धेरै अवार्डहरू पनि जितेका छन् । ड्रीमबेबीका सामानहरू आईएमएस लिटिल स्माईलेस शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् । साथै अनलाइन डेलिभरीको लागि नेपालको सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइनेछ ।

ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । साथै ग्राहकहरूले पाँच हजार रुपैयाँ वा सो भन्दा बढीको सामान खरिद गरेमा डाक्टर ब्राउनको ९ सय ८० रुपैयाँ मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सक्नेछन् । डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामान देखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य धेरै छन् । अफर यहि २०७७ साल असार २१ गते सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x