‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण कठिन
काठमाडौं । ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण कठिन भइरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको अङ्गदानसम्बन्धी वर्तमान अवस्था, समस्या, चुनौती र भावी कार्यदिशा विषयक छलफलमा उनीहरूले जनचेतनाको कमी र सरकारी उदासिनताले ब्रेन डेथ भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण गर्न कठिनाइ भएको बताएका हुन् ।
उपत्यकाका ठूला अस्पतालमा सडक दुर्घटनालगायत कारणबाट ब्रेन डेथ भएका बिरामी आउने गरे पनि त्यस्ता व्यक्तिहरूबाट अङ्ग प्रत्यारोपन हुन नसकेको सरोकारवालाहरूको भनाइ छ । अङ्गदानको बारेमा जनचेतना जागृत गराउन नसक्नु, अस्पतालले समयमा जानकारी दिने काम नगर्नु, ब्रेन डेथ घोषणा गर्ने प्राविधिक जनशक्तिको कमी हुनु र अङ्ग प्रत्यारोपनको काम गर्दा आईपर्ने रिस्क उठाउन तयार नहुनु, कानुनी झन्झटलगायतका कारण धेरै जनाको ज्यान बचाउन सकिने काममा पनि कठिन हुनेगरेको विज्ञहरूले बताएका थिए । मस्तिष्क मृत्यु घोषणा भएका बिरामीको अङ्ग झिक्ने, झिकेका अङ्ग सुरक्षित राख्ने, अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामीको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अङ्गलाई प्राथमिकता क्रमअनुसार वितरण गर्ने व्यवस्था मिलाउन सरकारी संयन्त्रको क्रियाशिलता र जनचेतना जगाउन ढिला भइसकेको उनीहरूको भनाइ थियो ।
छलफलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले पछिल्ला वर्षहरूमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या डरलाग्दो भएको बताउँदै ब्रेन डेथ भएका मानिसकबाट अङ्ग निकाल्न सकेमा धेरैको ज्यान बचाउन सकिने जानकारी दिए । उनका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिको फोक्सो, मिर्गौला, कलेजो, प्यांक्रियाज, मुटु र सानो आन्द्रा गरी कम्तीमा आठवटा अङ्ग प्रत्यारोपण गर्न मिल्छ । यस्तै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु घोषणा भएका व्यक्तिबाट प्राप्त हुने अङ्ग प्रत्यारोपणका लागि नाम टिपाउन ढड्डा राखिएको छ । मस्तिष्क मृत्यु घोषणा भएकाहरूको अङ्ग मुलुकभर जुनसुकै अस्पतालमा डायलसिस गराउँदै आएका बिरामीले पनि पाउने व्यवस्था मिलाउन सकिने उनले बताए ।
छलफलमा राष्ट्रि«यसभाकी उपाध्यक्ष विमला घिमिरेले मानव अङ्ग प्रत्यारोपलाई बढाउन र मानिसको जीवन बचाउनका लागि कानुनी र व्यावहारिक जटिलताहरूलाई समाधान गर्ने तथा जनचेतना बढाउने कुरामा सदनले आवश्यक पहल गर्ने बताइन् । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्यहरूले आफ्ना धारणाहरू राखेका थिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया