Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारअटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन सुझाव

अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन सुझाव


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन नेपा राष्ट्र बैंकलाई सुझाव दिएको छ । हाल समग्र अटोमोबाइल बजारमा ६८ प्रतिशतको गिरावट देखिएको उल्लेख गर्दै नाडाले मौद्रिक नीति ल्याउन अटोमोबाइल्स क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

अटोमोबाइल सेक्टरमा आर्थिक सुस्ततासँगै अटो सेक्टरमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै सङ्कटमा परेको नाडाले जनाएको छ । यो क्षेत्रले नेपालको जीडीपीमा २१ प्रतिशतसम्मको योगदान गरिरहेकोमा हाल घटेर १४ प्रतिशतमा सीमित रहेको जनाइएको छ । नाडाले राष्ट्र बैंकसमक्ष विद्यमान अटोमोबाइल क्षेत्रका समस्याहरूलाई प्रकाश पारी आगामी मौद्रिक नीतिको लागि लिखितरुपमा नै सुझाव पेस गरेको हो । नाडा अध्यक्ष करण चौधरीले हाल अटोमोबाइलमैत्री मौद्रिक नीतिको चरम आवश्यकता रहेको बताए । विद्युतीय सवारीसाधनहरूमा नीतिगतस्तरमा केही लचकता भए पनि समग्र अटोमोबाइल क्षेत्रले आइस भेहिकल, पाट्र्स, लुब्रिकेन्ट्स र टायर इत्यादि क्षेत्रहरूको हित हुने नीतिको आवश्यकता महसुस गरेको उनले बताए । सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनहरूलाई बैंकहरूबाट हायर पर्चेज लोन प्रवाह गर्ने पक्रियामा लोन टु भ्यालू रेसियो ७५ प्रतिशत पुर्याउनुपर्ने, निजी प्रयोजन र व्यावसायिक महत्वका सवारीसाधनहरूलाई स्पष्टरुपमा छुट्याई सोहीअनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनुपर्ने, चालू पुँजी कर्जा मार्गदर्शन २०७९ लागू भएको मितिपछि कर्जा लिएकाहरूलाई मात्रै सो मार्गदर्शन लागू हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x