टाइल उत्पादक प्राइम सेरामिक्स सञ्चालनको पहिलो वर्ष पूरा
काठमाडौं । भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनी प्राइम सेरामिक्स प्रालिले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ । कम्पनीले दुई अरबको लगानीमा गत असारदेखि रौतहटमा आफ्नो अत्याधुनिक फ्याक्ट्रीबाट इटालीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइलहरुको उत्पादन सुरु गरेको थियो ।
एक वर्षको अवधिमा कम्पनीको ब्रान्ड ‘प्राइम–टाइल्स विथ स्टाइल’ले नेपाली उपभोक्ताहरुको मन जित्दै दुई करोड स्क्वायर फिटभन्दा बढी टाइलहरु बिक्री गर्न सफल भएको छ । यस सफलताको प्रमुख कारणहरूमा भित्ता र फ्लोर टाइलको विभिन्न साइजहरु, तीन सय ५० भन्दा बढी डिजाइनहरू, एक सय २० डिलरहरुको बलियो नेटवर्क, गुणस्तरीय उत्पादनहरु, प्रतिस्पर्धी मूल्य र नेपालीको स्वदेशी ब्रान्ड रहेको छ । तीन सय ५० कर्मचारीहरूको टिमको साथ, सम्पूर्ण निर्माण प्रक्रियाहरु अत्याधुनिक, अल्ट्रा–आधुनिक डिजिटल प्रिन्टिङ टेक्नोलोजी र नेपाली कच्चापदार्थसहित स्पेनिस गलेज मसीको प्रयोग गरी, कम्पनीले नेपाली ग्राहकहरूको चाहनाअनुरुपको रोजाइ तथा प्राथमिकताका टाइलहरु उत्पादन गरेको जनाएको छ ।
कम्पनीले नेपालमा पहिलो पटक बिल्डकन २०२४ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे, जसमा मिथिला आर्ट, पौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोनलगायतका नेपालको कला र संस्कृतिलाई टाइल्समा प्रयोग गरिएको छ ।
कम्पनीका अनुसार प्राइम टाइल्सले विश्वव्यापी मापदण्ड पूरा गर्ने नेपाली ब्रान्ड भएकोमा निकै सन्तुष्टि महसुस गरेको छ । कम्पनीले आयातित टाइल्सलाई आंशिकरूपमा प्रतिस्थापन, विदेशी मुद्राको बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया