ग्लोकल टीन हिरो नेपाल २०२४को आवेदन खुला
काठमाडौं । ग्लोकल टीन हिरो नेपालले ‘ग्लोकल टीन हिरो नेपाल २०२४’ को आवेदन खुला गरेको छ । यो अवार्डद्वारा उल्लेखनीय नेतृत्व, नवीनता र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता भएका असाधारण किशोर किशोरीहरूलाई सम्मान गरिन्छ ।
अवार्ड समारोहका आयोजक ग्लोकल प्रालिले अहिले देशभरबाट आवेदनहरू स्वीकार गरिरहेको जनाएको छ । आयोजकका अनुसार उल्लेखनीय नेतृत्व र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता प्रदर्शन गरेका १३ देखि १९ वर्षका किशोरकिशोरीहरूले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् । छनोट भएका आवेदकहरूको नाम यही भदौ १६ मा सार्वजनिक गरिने जनाइएको छ । छनोट भएका किशोर किशोरीहरूले समाजलाई नवीनता, नेतृत्वदायी भूमिका र सकारात्मक परिवर्तन गर्नसक्ने नयाँ विषयवस्तु ल्याउन सक्ने आशा गरिएको छ ।
सन् २०१५ मा सुरु भएको ग्लोकल टीन हिरो काठमाडौंका सीमित थियो । सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापीरूपमा आफ्नो कार्य विस्तार गरेको थियो । अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्यका साथ, ग्लोकल टीन हिरोलाई भारत, श्रीलङ्का र बङ्गलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो । ग्लोकल टिन हिरोको यो १०औँ वर्ष हो ।
ग्लोकल टिन हिरो नेपालले नेपालका उत्साही, नवप्रवर्तनशील र प्रतिबद्ध किशोरकिशोरीहरूलाई पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आवेदनहरू स्वीकार गर्ने तयारी गरेको छ । यस पहलले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने किशोरकिशोरीहरूको सकारात्मक योगदानलाई प्रकाश पार्ने प्रयास गर्ने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया