ओमनमा श्रम सचेतना र साहित्य कार्यक्रम
काठमाडौं । २११औँ भानु जयन्तीको अवसरमा नेपाली राजदूतावास, मस्कटले श्रम सचेतना तथा साहित्य कार्यक्रम आयोजना गरेको छ । नेपाली सोसल क्लब ओमान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमानको सहकार्यमा राजदूतावासले शुक्रबार साँझ नेपाल हाउसमा सो कार्यक्रको आयोजना गरेको हो ।
उक्त कार्यक्रममार्फत नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती अर्थात् भानुजयन्ती मनाउने, नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने र साहित्यिक प्रस्तुतिको माध्यमबाट श्रम चेतनासम्बन्धी जानकारी प्रवाह गर्ने कार्य गरिएको थियो । कार्यक्रमको सुरुआत ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले परम्परागत पानसमा दिप प्रज्वलन गरी गरेका थिए । राजदूत अर्यालले नेपालका प्रथम कवि अर्थात् आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै उनले नेपाली साहित्यमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए । मानव जीवनमा साहित्यको महत्व र विभिन्न विषयमा चेतना जगाउन साहित्यिक कृतिले कसरी सहयोग गर्न सक्छ भन्नेबारेमा उनले प्रकाश पारेका थिए ।
कार्यक्रममा राजदूतावासका द्वितीय सचिव विशेष कुमार साहले पुनःश्रम स्वीकृति, अनलाइन पोर्टलबाट मागपत्र प्रमाणीकरणलगायत श्रम सचेतनासँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा विकल झा, कृष्ण भुसाल प्यासी र नेपाली समुदायका अन्य सदस्यहरूले श्रम चेतना र मातृभूमिबाट टाढा रहँदा बखत जीवन र जीविकोपार्जन बुझ्न साहित्यको महत्त्वबारे आफ्नो विचार राखेका थिए । कार्यक्रममा २१ जना सहभागीहरूले कविता, गजल र अन्य नेपाली साहित्यिक कृतिहरू वाचन गरेका थिए । कार्यक्रम सञ्चालन गर्न ओमानमा रहेका विभिन्न नेपाली संघसंस्थाका स्वयंसेवकहरूले सहयोग गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया