Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश

आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश


काठमाडौं । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो ।

छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भएपछि आईएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रियस्तरको प्रशंसा प्राप्त गरेको हो । विश्वव्यापीरूपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो, यसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ । विगत १५० वर्षभन्दा लामो समयदेखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ । मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्र्याक्टर र इन्डस्ट्रियल सेक्टरका लागि हाई–पर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।

मोटुल इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न गरेको थियो । सो कन्फ्रेन्समा भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए । सो अवसरमा नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आईएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न रह्यो । उल्लेख्य बिक्री बढाएबापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो । आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई सो मान्यताले पुष्टि गरेको कम्पनीले जनाएको छ ।

आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित हुन सकेकोमा खुसी व्यक्त गरे । यसैगरी आईएमई इलेक्ट्रिकले नेपाली लुब्रिकेन्ट बजारमा मार्केट लिडर बन्ने क्रमलाई तीव्रता दिइरहेको र यसका लागि मोटुलको रणनीतिक साझेदारी तथा ग्राहक सन्तुष्टिका लागि गरिएको कार्यलाई उनले धन्यवाद दिए । मोटुल इन्डियाका सीईओ नागेन्द्र पाईले ‘महत्वपूर्ण उपलब्धिसहित एलिट क्लबमा समावेश हुन सफल भएकोमा आईएमई इलेक्ट्रिक टिमलाई बधाई दिए ।

आईएमईजस्तो महत्वपूर्ण साझेदार पाएकोमा गौरवान्वित भएको तथा यसबाट थप सफलता तथा सहकार्य लामो समय चल्ने अपेक्षा गरेको पनि उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x