Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आईजीसाप’लाई दिनुपर्छ भन्दै पोखरामा डीएसपी श्रेष्ठको घुस आतङ्क !

‘आईजीसाप’लाई दिनुपर्छ भन्दै पोखरामा डीएसपी श्रेष्ठको घुस आतङ्क !


प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरीभित्र आन्तरिक शुद्धीकरण गरिरहेको भन्दै आफ्नो गुणगान गाउँदै आएका छन् । तर, निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा उन्मुक्ति दिँदै संसदीय समितिमै साफेद झुट बोलेपछि उनको नैतिकतामाथि नै प्रश्न उठ्दै आएको छ । त्यतिमात्रै होइन उनले प्रहरी कर्मचारीलाई नै आफ्ना लागि पैसा उठाउन खटाएको आरोप लागेको छ । पर्यटकीय राजधानी घोषित पोखरामा एक जना डीएसपीले आईजी बसन्त कुँवरलाई २० लाख रुपैयाँ बुझाएर आफू सरुवा भई आएको भन्दै व्यावसायीमाथि आतङ्क मच्चाएका छन् ।

यसरी आईजी कुँवरको नाममा आतङ्क मच्चाउने डीएसपी हुन्–राजेन्द्र कुमार श्रेष्ठ । वडा प्रहरी कार्यालय बैदामको प्रमुख रहेका डीएसपी श्रेष्ठले आईजीका लागि भन्दै खुलमखुला घुस उठाउँदै आएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयमा समेत उजुरी परेको छ । उजुरीबारे गृहसचिव एकनारायण पाण्डेले समेत सोधखोज गरिरहेका छन् । तर, आफ्नै लागि घुस उठाएका डीएसपी श्रेष्ठलाई आईजी कुँवरले ‘नसियत’ दिइसकेको जवाफ गृहसचिवलाई दिएका छन् ।श्रेष्ठले लेकसाइडको बैदाम क्षेत्रमा क्लब, डान्सबार, दोहोरीमा घुसको दररेट नै कायम गरेका छन् । उनले रात्रि क्लबबाट मासिक एक लाख रुपैयाँको घुस दररेट कायम गरेका छन् । डान्सबारबाट ५० हजार र दोहोरी साँझबाट पनि ५० हजार रुपैयाँ दररेट कायम गरेका छन् ।

घुसका लागि उनले महिनाको अन्तिम साता हरेक व्यवसयीलाई आफैँ फोन गरेर रकम माग्ने गरेका छन् । उनले मागेअनुसारको घुस रकम नपाए अनावश्यक तनाब दिनेगरेको पोखराका व्यवसायीहरू बताउँछन् ।
पोखराका केही रात्रि क्लबमा डीएसपी श्रेष्ठ आफैँ मापसे परीक्षणका नाममा एक जना ट्राफिक लिएर ब्रेथलाइजरसहित रात्रि क्लबमा छिरेको भिडियो समेत प्राप्त भएको छ । जब कि रात्रि क्लबमा मनोरञ्जनकै लागि मात्रै मानिसहरू जाने गर्छन् । मदिरा सेवनकै लागि क्लब जाने गर्दछन् । मदिरा सेवन गराउनकै लागि क्लबहरूले लगानी समेत गरेका हुन्छन् ।

स्थानीय निकाय, प्रशासनबाट सोही प्रयोजनका लागि अनुमति समेत लिएका क्लबहरूमा डीएसपी श्रेष्ठ बार्गेनिङकै लागि बर्दीसहित क्लबभित्र मापसे परीक्षणका लागि पुगेको व्यवसायीहरूको गुनासो छ । ‘उहाँ आफैँ मदिराले लट्ठ भएर क्लबमा आउनुहुन्छ, आईजी सापलाई पैसा दिनुपर्छ भन्दै मासिक घुस माग्नुहुन्छ’, प्रत्यक्षदर्शीले आर्थिक दैनिकसँग भने, ‘नाइट क्ललबभित्र मापसे परीक्षण गर्नु भनेको सिधा बार्गेनिङ होइन र ?’

यसैबीच आईजी बसन्त कुँवरले डीएसपी श्रेष्ठले आफ्ना नाममा घुस रकम सङ्कलन गरिरहेको सूचना पाए पनि कुनै कारबाही गर्न सकेका छैनन् । गृहसचिव अर्यालको निर्देशनलाई समेत लत्याएका कुँवरले पछिल्लो पटक पोखरा भ्रमण समेत गरेका थिए । तर, आईजी पोखरा गएको चाल पाएका डीएसपी भने नाटकीयरूपमा काठमाडौं आइपुगेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x