आर्थिक वर्ष २०८०÷८१मा पनि बजेट पूर्ण कार्यान्वयन हुन सकेन । सरकारले विनियोजन गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेटमध्ये जम्मा ८० दशमलव ४४ प्रतिशत मात्रै खर्च भएको छ । अर्थात् १४ खर्ब आठ अर्ब ७६ करोड रुपैयाँ खर्च भएकोे छ ।लक्ष्यअनुसार राजस्व उठाउन पनि सरकार असफल भएको छ । १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात् १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँबराबर राजस्व सङ्कलन हुने अनुमान गरेका थिए । तर, सरकारले अनुमान गरेअनुसार न बजेट खर्च भयो न त राजस्व नै उठ्यो । अर्थतन्त्रमा आएको सङ्कुचन, बजारमा माग घट्नु, महँगी बढ्नु, आयात घट्नुलगायत कारण यस वर्ष राजस्व कम उठेको हो । महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो ।
चालूतर्फ लक्ष्यको करिब ८३ दशमलव ४१ प्रतिशत अर्थात् नौ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजजीगत खर्च निकै कम भएको छ । तीन खर्ब दुई अर्ब सात करोड खर्च गर्ने लक्ष्य लिएकोेमा जम्मा ६३ दशमलव ४७ प्रतिशत अर्थात् एक खर्ब ९१ अर्ब ७३ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।वित्तीय व्यवस्थातर्फ पनि ८६ प्रतिशत हाराहारी खर्च भएको छ । तीन खर्ब सात अर्ब ४५ करोड खर्च हुने लक्ष्य लिएकोमा जम्मा दुई खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको छ ।आम्दानीका स्रोतमध्ये अनुदान निकै कम प्राप्त गरेको छ । सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त हुने लक्ष्य राखेको थियो । तर, जम्मा पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया