सङ्गीतकार वाग्लेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान
काठमाडौं । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले सङ्गीतकार बिपी वाग्लेलाई सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ प्रदान गरेको छ ।
नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशकसम्म क्रियाशील वाग्लेले नेपाल सरकारबाट प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार समेत पाएका छन् । काठमाडौंको सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित सो कार्यक्रममा काठमाडौं क्षेत्रका नौ जना प्रतिभावान् व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको थियो । सङ्गीतकार वाग्लेलाई असाधारण सिर्जनशीलता, उद्यमशीलता र नेपाली युवामा आफ्नो गीत÷सङ्गीतको माध्यमबाट सकारात्मक प्रभाव पारेको भन्दै देशव्यापीरुपमा प्राप्त आवेदकहरुमध्येबाट सर्वोत्कृष्ट युवा प्रतिभा घोषित गरिएको हो । विशेषगरी बालबालिकाका लागि उनले आफ्नो साङ्गीतिक प्रयास प्रस्तुत गरेका छन् । मनोरञ्जनका अलावा सामाजिक चेतना, रुपान्तरण र समग्र सामाजिक विकासमा केन्द्रित वाग्लेका गीतहरु आज नेपाली समाजको प्रमुख साङ्गीतिक विकल्प बन्दै गएका छन् ।
उक्त समारोहमा वाग्लेले बालबालिकाको मनोरञ्जन र मनोवैज्ञानिक विकासका लागि थप गीतहरु निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो कार्यक्रमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले सम्बोधन गरेका थिए । सचिव अर्यालले राष्ट्रिय युवा प्रतिभा पुरस्कारले सम्मानित हुने व्यक्तित्वहरुको कलात्मक उपलब्धिलाई मात्र होइन बृहत् मानवीय फाइदाका लागि उनीहरुले देखाएको समर्पणलाई पनि जोड दिएको बताएका थिए । कार्यक्रममा नेपाल सरकारका विशिष्ट व्यक्तिहरु, मन्त्रालयका सचिवहरु, सहसचिव तथा अधिकृतहरु, नागरिक समाजका व्यक्तिहरुलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया