टिचिङ अस्पतालमा अत्याधुनिक ईसीजी मेसिन
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शिशु शल्य चिकित्सा विभागमा अत्याधुनिक प्रविधिको ईसीजी मेसिन जडान गरिएको छ । सान्भी फाउन्डेसन अष्ट्रेलियाले अत्याधुनिक १२ लिडको मोनिटरसहितको ईसीजी मेसिन सो विभागलाई दिएको हो ।
शिशुहरूको मुटुसम्बन्धी समस्याहरू सहजरुपमा पहिचान गर्न यस मेसिनले सहयोग गर्नेछ । साथै बिरामी भएकै ठाउँमा लैजान मिल्ने ‘पोर्टेबल’ मेसिन भएकाले झनै सहज हुने विभाग प्रमुख डा. गेहराज दाहालले बताए । भविष्यमा अत्याधुनिक शिशु अप्रेसन थिएटर आवश्यक रहेको समेत बाल शल्यचिकित्सक डा. दिनेश कोइरालाले बताए ।
शिशु शल्य चिकित्सामा सबैभन्दा जटिल अपरेसन समेत हुने यस विभागमा अपरेसनकक्षलाई सोहीअनुसार ढाल्नुपर्ने भए पनि बजेट अभावले त्यसो गर्न नसकिएको डा. कोइरालाले जानकारी दिए । सान्भी फाउन्डेसन अष्ट्रेलियाले हालै एक कार्यक्रमका बीच सो मेसिन विभागलाई हस्तान्तरण गरेको थियो । हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विभाग प्रमुख डा. गेहराज दाहाललाई इसीजी मेसिन हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया