Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोजगारी कोटालाई लिएर बङ्गलादेशमा झडप

रोजगारी कोटालाई लिएर बङ्गलादेशमा झडप


ढाका । बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले बताएको छ । प्रतिष्ठित सरकारी नोकरीका लागि कोटाको विरोध गरिरहेका प्रदर्शनकारीहरू र सत्तारूढ पार्टीप्रति बफादार विरोधी प्रदर्शनकारीबीच झडप भएको हो । कोटाविरोधी सयौँ प्रदर्शनकारी र सत्तारूढ अवामी लिग पार्टीको समर्थन गर्ने विद्यार्थीहरूले ढाका विश्वविद्यालय परिसरमा घन्टौँसम्म झगडा गरेको, ढुङ्गा हानेको, लाठीले लडाइँ गरेको र एकअर्कालाई फलामको रडले पिटेको प्रहरी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । केहीले चक्कु बोकेका थिए भने अन्यले पेट्रोल बम प्रहार गरेका थिए ।

कोटा प्रणालीले सन् १९७१ मा मुक्ति सङ्ग्रामका वीरहरूका सन्तानलगायत विशिष्ट समूहका लागि कूल लाखौँ सरकारी पदहरूको आधाभन्दा बढी निजामती पदहरू आरक्षित गर्दछ ।

विद्यार्थीहरूले योग्यतामा आधारित प्रणालीको माग गर्दै यसै महिनाको प्रारम्भमा विरोध प्रदर्शन सुरु गरेका थिए । बङ्गलादेशको शीर्ष अदालतले कोटा योजना निलम्बन गरे पनि यो प्रणाली जारी छ । कोटाविरोधी प्रदर्शनकारीहरूले हिंसाका लागि सत्तारूढ पार्टीका विद्यार्थीहरू जिम्मेबार रहेको बताएका छन् । कोटाविरोधी प्रदर्शनका राष्ट्रिय संयोजक नाहिद इस्लामले ३० महिलासहित कम्तीमा एक सय ५० विद्यार्थी घाइते भएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x