भारतमा महँगी बढ्यो
नयाँदिल्ली । भारतमा महँगी बढेको छ । भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएअनुसार जुन महिनामा थोक मुद्रास्फीति (मूल्यवृद्धि) तीन दशमलव ३६ प्रतिशत बढेको छ । यो मुद्रास्फीति मे महिनाको तुलनामा शून्य दशमलव ७५ प्रतिशत विन्दु बढी हो । मेमा अखिल भारतीय थोक मूल्य सूचकाङ्क (डब्लूपीआई)मा आधारित मुद्रास्फीतिको वार्षिक दर दुई दशमलव ६१ प्रतिशत थियो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएकोे छ, ‘सन् २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्यवृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन आदिको कारणले बढेको हो ।’
डब्लूपीआई खाद्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वार्षिक दर सन् २०२४ जुनमा वार्षिक आधारमा बढेर आठ दशमलव ६८ प्रतिशत भएको छ । यो मे महिनामा सात दशमलव ४० प्रतिशत थियो ।
खाद्यान्नको मूल्यहरू जुन सन् २०२४ मा वार्षिकरूपमा आठ दशमलव ६८ प्रतिशतले वृद्धि भएको थियो, जुन मे महिनामा देखिएको सात दशमलव ४० प्रतिशतले बढेको थियो । प्याजको हकमा मे महिनामा ५८ दशमलव शून्य पाँच प्रतिशतबाट जुनमा ९३ दशमलव ३५ प्रतिशत पुगेको छ ।
फलफूलको डल्यूपीआई पनि मे महिनामा पाँच दशमलव ८१ प्रतिशतबाट बढेर जुनमा १० दशमलव १४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्याङ्कले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया