कुवेत आयल कम्पनीद्वारा महत्वपूर्ण तेल, ग्यास खोजको घोषणा
कुवेत सिटी । कुवेत आयल कम्पनी (केओसी)ले कुवेतको आर्थिक जलक्षेत्रमा रहेको फैलाका टापुको पूर्वमा रहेको नौखादा अपतटीय क्षेत्रमा उच्च गुणस्तरको हल्का तेल र ग्यासको नयाँ खोज गरेको घोषणा गरेको छ ।
कुवेत समाचार एजेन्सीलाई दिएको बयानमा कम्पनीले उक्त क्षेत्रको क्षेत्रफल लगभग ९६ वर्गकिलोमिटर रहेको बताएको छ । यस तहमा हाइड्रोकार्बन स्रोतहरूको प्रारम्भिक अनुमान लगभग दुई अर्ब १० करोड ब्यारेल हल्का तेल र ५१ खर्ब मानक घनफिट ग्यास रहेको छ । यो तीन अर्ब २० करोड ब्यारेल तेलको बराबर हो ।
कम्पनीले यी प्रारम्भिक तथ्याङ्कहरू भएको जनाएको छ । यसले हाइड्रोकार्बन स्रोतहरूको मात्रा प्रारम्भिक अनुमानभन्दा बढी हुने सम्भावना रहेको उल्लेख गरेको छ ।
हाल, परियोजना कुवेती अपतटीय क्षेत्रको द्वि–आयामी भूकम्प सर्वेक्षणका आधारमा सुरू गरिएको र सबैभन्दा राम्रो र सुरक्षित ड्रिलिङ साइटहरू निर्धारणको उद्देश्यसँग पृथ्वी तहहरूको विवरण र संरचना बुझ्नका लागि भू–भौतिक र भू–वैज्ञानिक अध्ययनहरू सञ्चालन गरिएको छ ।
केओसीले पहिलो अन्वेषण चरणमा तेल र ग्यासका लागि छवटा अन्वेषण इनारहरू ड्रिलिङ समावेश रहेको खुलासा गरेको छ ।
कम्पनीले अन्वेषण परियोजना कुवेतको हाइड्रोकार्बन भण्डार बढाउने, विश्वव्यापी माग पूरा गर्न नयाँ हाइड्रोकार्बन स्रोतहरूको दिगोपन सुनिश्चित गर्ने र ग्यासको भरपर्दो विश्वव्यापी उत्पादकका रूपमा कुवेतको स्थिति बढाउने लक्ष्य राखेको राष्ट्रिय परियोजना हो भनेको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया