Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशसिमलताल पहिरो: मृतकका परिवारलाई एक लाख दिइने

सिमलताल पहिरो: मृतकका परिवारलाई एक लाख दिइने


महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताएका छन् । “दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ”, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भने, “मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।” मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x