Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रको मनोबल उकास्दै अर्थतन्त्रलाई लयमा ल्याउने अर्थमन्त्रीको प्रतिबद्धता

निजी क्षेत्रको मनोबल उकास्दै अर्थतन्त्रलाई लयमा ल्याउने अर्थमन्त्रीको प्रतिबद्धता


काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल खस्किएको निजी क्षेत्रको मनोबललाई उकास्दै अर्थतन्त्रलाई लयमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई दिन अर्थमन्त्रालय पुगेको नेकपा एमाले निकट संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग उनले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा अघिबढाउने बताए । ‘अर्थतन्त्रको मुख्य इन्जिनको रूपमा रहेको निजी क्षेत्रलाई साथमा नलिई सरकार अघि बढ्न सक्दैन,’ उनले भने, ‘मलाई थाहा छ अहिले निजी क्षेत्रको मनोबल खस्किएको छ, तर अबका दिनमा यहाँहरूको मनोबल उकास्दै अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्नेछु ।’ यसैगरी अर्थमन्त्रमा जे–जति समस्या देखिएका छन् सो विषयमा सरकार र निजी क्षेत्र एकै ठाउँमा बसेर निकास निकाल्नुपर्नेमा उनले जोड दिएका थिए । ‘हामी छलफलको सुरुवात गर्दैछौं अब विषयगतरूपमा समस्या पहिचान गरी समाधान गर्नुपर्छ,’ उनले भने, ‘अहिले देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रलाई गतिमा ल्याउन सरकार र निजी क्षेत्रबीचको निरन्तर छलफललाई जारी राख्नुपर्छ ।’

महासंघका संयोजक भागिरथ सापकोटाले अहिले निजी क्षेत्र ठूलो समस्यामा परेकाले यसलाई समाधान गर्न सरकारले तत्काल अग्रसरता दिनुपर्ने बताए । यसअघि पनि विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजारलगायत अर्थतन्त्रका सूचकहरूले उच्चविन्दु छोएको भन्दै उनले अबका दिनमा पनि निजी क्षेत्रलाई साथमा लिएर काम गर्न आग्रह गरेका थिए । उक्त भेटघाटमा संयोजक सापकोटाका साथै महासचिव बालकृष्ण शिवाकोटी, कोषाध्यक्ष डिमप्रकाश पौडेल, कार्यालय प्रमुख सुवर्ण श्रेष्ठ, प्रचार विभाग प्रमुख रामराजा श्रेष्ठलगायतका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x