सम्बन्ध सुधार्न ईयू र बेलायतबीच वार्ता
ब्रसेल्स । युरोपेली संघ (ईयू) र बेलायतबीच बिग्रिएको सम्बन्ध पुनःस्थापना गर्ने उद्देश्यले सोमबार ब्रसेल्समा पहिलो पटक वार्ता भएको छ । बेलायतमा नयाँ सरकार गठन भएपछि ब्रेजिक्टपछि खस्किएको सम्बन्ध सुधार गर्न दुई पक्षका शीर्ष अधिकारीहरुबीच वार्ता भएको हो ।
बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टारमरले युरोपेली संघसँगको वर्षौँदेखि विवादित रहेको सम्बन्धलाई सुधार्ने बाचा गरेका छन् । यहीबीचमा ईयू सम्बन्धका लागि बेलायतका मन्त्री निक थोमस–साइमन्ड्सले ईयूका मारोस सेफकोभिकसँग वार्ता गरेका हुन् ।
वार्तापछि मन्त्री थोमसले सुरक्षित र अधिक समृद्ध युरोप सिर्जना गर्न सुरक्षा र आर्थिक सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । ईयूका सेफकोभिकले बैठकलाई रचनात्मक भएको र सहकार्यका लागि तत्पर रहेको बताएका छन् ।
बेलायतका नयाँ प्रधानमन्त्रीले युरोपेली संघसँगको व्यापार द्वन्द्व कम गर्ने बाचा गरेका छन् । तर, आफ्नो सरकारले ब्रेक्सिटलाई नउल्टाउने र युरोपेली एकल बजारको हिस्सा नबन्ने कुरामा अडिग रहेको जानकारी दिएका छन् ।
युरोपियन संघले सम्बन्ध सुधारको उद्देश्यले लन्डनबाट आएको प्रस्तावमा विचार गर्न इच्छुक रहेको बताएको छ । साथै बेलायतलाई संघबाट बाहिर निस्कन कठिन ढंगले भएको वार्ताका सम्झौताहरू पुनः खोल्न इच्छुक नरहेको जनाएको छ ।
प्रधानमन्त्री स्टारमरले बिहीबार बेलायतको ब्लेनहेम प्यालेसमा हुने बैठकमा युरोपभरका नेताहरूलाई आमन्त्रित गरेका छन् । उक्त सम्मेलनले नयाँ प्रधानमन्त्रीलाई युरोपेली संघका समकक्षीहरूसँग आफ्ना विचारहरू प्रस्तुत गर्ने प्रमुख मञ्च प्रदान गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया