एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलोन मस्कको दाबी
अमेरिका । अमेरिकी अरबपति तथा टेस्लाका सीईओ एलोन मस्कले मंगलबार आफ्नो सामाजिक सञ्जाल एक्स प्रयोगमा रेकर्ड उच्च पुगेको दाबी गरेका छन् । एक्सले एकैदिनमा ‘विश्वव्यापीरूपमा चार सय १७ अर्ब प्रयोगकर्ता–प्रतिसेकेन्डको कुल अनुभव गरेको मस्कले बताएका छन् ।
मस्कले जुलाई १५ मा विश्वव्यापीरूपमा चार सय १७ बिलियन प्रतिसेकेन्ड एक्स प्रयोगकर्ता रेकर्ड गरिएकोे बताएका हुन् । यो रेकर्ड अहिलेसम्मकै उच्च हो । अमेरिकामा एकैदिन एक्स प्रयोगकर्ता ९३बी ३२ यु सेकेन्ड पुगेको र यो रेकर्ड अघिल्लो रेकर्डभन्दा ७६बीले एकै दिनमा बढी भएको मस्कले उल्लेख गरेका छन् ।
गत मार्चको एक्स तथ्याङ्कले दुई सय ५० मिलियन मानिसहरूले हरेक दिन औसतमा ३० मिनेट एक्स प्रयोग गर्ने दाबी गरिएको थियो ।
पोस्टमा प्रत्येक महिना पाँच सय ५० मिलियन मानिसहरूले ग्लोबल टाउन स्क्वायर भ्रमण गर्छन् भने औसतमा, प्रयोगकर्ताले एक्समा दिनको ३० मिनेट खर्च गर्ने भनिएको छ । अक्टोबर २०२२ मा, मस्कले ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा प्रभावशाली सामाजिक मिडिया प्लेटफर्म–ट्विटरको स्वामित्व खरिद गरेका थिए ।
पछिल्लो समयमा, मस्कले शीर्ष कार्यकारीलाई बर्खास्त गरी, कम्पनीका आधा कर्मचारी हटाएर, खाता पुनःस्थापनाको समीक्षा गर्न सामग्री मोडरेसन काउन्सिल गठन गरी प्लेटफर्मको सदस्यता सेवालाई सुधार गरेका थिए ।
टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्कले पदभार सम्हालेपछि कम्पनीमा धेरै परिवर्तन भएका छन्, जसमध्ये केही विवादास्पद समेत भएका छन् । विवादास्पद निर्णयसँगै, ट्विटरले विज्ञापन राजस्वको ठूलो मात्रा गुमाउन थालेपछि मस्कले ट्विटर ब्लूको रूपमा भुक्तान गरिएको प्रमाणिकरणहरू सुरु गरेका थिए ।
मस्कले जुलाई २०२३ मा ट्विटरसँग सम्बन्धित प्रसिद्ध निलो चरालाई प्रतिस्थापन गर्दै गर्मीमा प्लेटफर्मलाई एक्सको रूपमा ब्रान्डिङ
गरेका थिए ।
प्लेटफर्म संलग्नता बढाउन मस्कले २०२४ मार्च २८ मा दुई हजार पाँच सयभन्दा बढी प्रमाणित ग्राहक अनुयायी भएको एक्स खातालाई प्रिमियम सुविधामा निःशुल्क पहुँच प्रदान गर्ने घोषणा गरेका थिए । जसबाट पाँच हजारभन्दा बढी अनुयायी भएको एक्स खातालाई सीमित लागतमा प्रिमियम सुविधा दिएको छ । रासस÷एएनआई
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया