राष्ट्र बैंकले तान्यो बैंकिङ प्रणालीबाट ५० अर्ब
काठमाडौं, बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ निक्षेप तानेको छ । स्थायी निक्षेप सुविधामार्फत बजारबाट निरन्तर पैसा तानिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयषँ तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंक्ले साउन १ गतेसम्म बैंकिङ प्रणालीमा बढी भएको तीन खर्ब ७३ अर्ब रुपैयाँ खिचेको देखिन्छ । त्यसपछि पनि प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैेंकले थप पैसा तानेको हो । २१ दिनको अवधि तोकेर बोलकबोल गरेको निक्षेप संकलन उपकरणको सावाँ ब्याज भुक्तानी साउन २३ गते हुनेछ । राष्ट्र« बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो मौद्रिक उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्नेगर्दछ, जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया