Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेश‘धनुषा र महोत्तरीमा मल अभाव छैन’

‘धनुषा र महोत्तरीमा मल अभाव छैन’


जनकपुरधाम । धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फत ढुवानी तथा बिक्री वितरण भइरहेको छ ।

दुवै जिल्लामा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले निर्धारण गरेको ‘कोटा’अन्तर्गत सहकारी संस्थामार्फत मल बिक्री वितरण हुने प्रावधान छ । सोहीअनुसार मल वितरण गरेको उनले राससलाई जानकारी दिए । हाल युरिया नौ सय मेट्रिक टन, डिएपी मल ८४ मेट्रिक टन तथा पोटास ५८ मेट्रिक टन मौज्दात छ ।

कृषि सामग्री कम्पनीबाट धनुषा र महोत्तरीका २७ पालिका अन्तर्गत दुईसय नौवटा सहकारी संस्थामार्फत मल बिक्री भइरहेको छ । भारतसँग सीमा जोडिएका पालिकाका किसानले भने भारतीय बजारबाट मल खरिद गर्ने गरेको किसानले जनाएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा रु. ३५ करोड ४० लाख ८३ हजारको १२ हजार चार सय मेट्रिक टन मल बिक्री गरेको जनाएको छ । उक्त आवमा रु. ११ करोड ५५ लाख ४१ हजारको ९२ दशमलव ५५ मेट्रिक टन युरिया, रु. २३ करोड ७८ लाखको एक सय ५० मेट्रिक टन डिएपी तथा रु. ७० लाख ८४ हजारको पाँच हजार ९६ मेट्रिक टन पोटास र रु. छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिक टन चुन बिक्री भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रले धनुषामा ४२ हजार हेक्टरमा धानखेती हुँदै आएको तथा हालसम्म ७० प्रतिशत रोपाइँ भएको जनाएको छ ।


क्याटेगोरी : मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x